गठबन्धनका उम्मेदवारलाई जिताउनु कार्यकर्ताको कर्तव्य : देउवा



पोखरा । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारलाई जिताउनु कार्यकर्ताको कर्तव्य भएको उल्लेख गरेका छन् ।

गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीको आतंक रोक्न गठबन्धन आवश्यक रहेको जिकिर गरेका हुन्। गठबन्धका साझा उम्मेदवारलाई जिताएर पठाए मात्र गठबन्धन कायम हुने उनको भनाइ छ।

“गठबन्धन सबैभनदा बढी आवश्यक कांग्रेसलाई छ। गठबन्धनकै कारणले प्रदेशदेखि संघमा सरकार बनेको छ,” देउवाले भने।

गठबन्धनका साझा उम्मेदवारलाई शंका नगर्न पनि देउवाले कांग्रेस नेता तथा कार्यकर्तालाई अनुरोध गरे। “गठबन्धनको उम्मेदवारलाई जिताउनु कांग्रेसको कर्तव्य हो। दायाँ–बायाँ गर्नेलाई कारबाही गर्छौं,’ उनले भने।

एमाले अध्यक्ष ओलीले आतंक मच्चाएको आरोप लगाउँदै त्यसको अन्त्यका लागि गठबन्धन आवश्यक भएको उनको नभाइ थियो।

प्रतिक्रिया दिनुहोस्