रुसको आक्रमणमा परी युक्रेनमा हालसम्म १८ पत्रकारको मृत्यु



एजेन्सी । रुसको आक्रमणका परी युक्रेनमा हालसम्म १८ पत्रकारको मृत्यु भएको छ । युक्रेनमा एक महिनाभन्दा बढी समयदेखि जारी आक्रमणको रिपोर्टिङ गर्ने क्रममा १८ पत्रकारको मृत्यु भएको हो ।

युक्रेनको संस्कृति तथा सञ्चार मन्त्रालयले टेलिग्राममा सार्वजनिक गरेको विवरणअनुसार १५ पुरुष र ३ महिला पत्रकारको मृत्यु भएको हो । त्यस्तै, अन्य १३ पत्रकार घाइते भएका छन् । आठ पत्रकार अपहरणमा परेका छन् भने तीन जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्