युक्रेनी राष्ट्रपति जेलेन्स्कीले राष्ट्र संघमा सम्बोधन गर्ने



एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार संयुक्त राष्ट्र संघमा सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति जेलेन्स्कीले आज बस्ने संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकलाई सम्बोधन गर्ने भएका हुन् । युक्रेनमाथि रूसले गरेको आक्रमणबारे जानकारी गराउन राष्ट्रपति जेलेन्स्कीलाई सम्बोधन गर्ने लागेका हुन् ।

युक्रेनी नगर बुचामा भएको आमहत्याको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरिरहेको बेला राष्ट्रतिले आम विश्वलाई जानकारी गराउने भएका हुन् । जर्मनी, फ्रान्स, ब्रिटेन र नेटोका नेताहरूले युक्रेनको आमहत्याबारे स्तब्ध भएको प्रतिक्रिया दिएका छन् भने युरोपेली आयोगकी प्रमुखले रुसविरुद्ध थप प्रतिबन्धहरू लगाउने प्रतिबद्धता जनाएकी छन् ।

सार्वजनिक भएको एक भिडिओमा सर्वसाधारणहरूको शव सहर र पछाडिका गल्लीहरूमा त्यसै छाडिएको र कतिपयका हात बाँधिएको देखिएको थियो । रूसले ती तस्बिरको सत्यताबारे प्रश्न उठाउँदै बुचामा ुयुक्रेनी कट्टरपन्थीका उत्तेजनात्मकु कदमबारे छलफल गर्न सुरक्षा परिषद्को आपत्कालीन बैठक डाकिनुपर्ने माग गरेको थियो ।

जेलेन्स्कीले बुचामा भएको आम नागरिकको कथित हत्याको खुला र पारदर्शी अनुसन्धान हुनुपर्ने मागगर्दै आएका छन् । उनले आफूहरू पूर्ण, पारदर्शी अनुसन्धानमा विश्वास राख्ने भन्दै यसको सत्यतथ्य सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई जानकारी हुनुपर्ने बताएका छन् । राजधानी किएभ नजिकैको एउटा युद्ध क्षेत्रबाट रूसी फौजहरू फर्कने क्रममा जथाभाबी हत्या गरिएका मानव शरीरहरू रहेको युक्रेनले दाबी गरेको छ। युक्रेनी विदेशमन्त्रीले रुसी फौजले रूसले ुयोजनाबद्ध रूपमा नरसंहार मच्चाएकोु दाबी गरेका छन् । यद्यपी युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो देशले रूस विरुद्धको लडाइँ जित्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्