युक्रेनमा देखिएका यी हृदयविदारक दृश्य…



किभ । रुसले युक्रेनमाथि आक्रमण गरेको आइतबार ३९ दिन पुगेको छ । बिना कारण रुसले गत फेब्रुअरी २४ देखि युक्रेनमा हमला गरेको थियो । रुसी हमलाका कारण युक्रेनको सबै क्षेत्र तहस नहस भएको छ । घना बस्ती भएका युक्रेनका कतिपय शहरहरु मसानघाट जस्ता भएका छन् । जताततै युक्रेनी नागरिकका शवहरु सडकमा लडिरहेका हृदयविदारक दृश्यले सबैलाई दुःखी बनाएको छ । युक्रेनको महत्वपूर्ण शहर मानिएको कीभलाई रुसले नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । ४० लाख भन्दा युक्रेनी आफ्नो देश छोडेर छिमेकी मुलुकमा शरण लिन पुगेका छन् । अन्तर्राष्ट्रिय संचार माध्यमहरले युक्रेनको युद्ध हेर्दा निकै पीडादायक अवश्था रहेको बताएका छन् । किभको भयानक दृश्य निकै मर्मस्पर्शी भएको संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्