रुसले हवाई उपस्थिति बृद्धि गर्‍यो : युक्रेनी सेना



किभ । रुसी सेनाले पछिल्लो २४ घण्टामा युक्रेनको हवाई क्षेत्रमा आफ्नो हवाई उपस्थिति बढाएको युक्रेनको सेनाले जनाएको छ । ‘धेरै मानवरहित हवाई सवारी साधनहरूको प्रयोगको अतिरिक्त शत्रुले बमवर्षक, आक्रमण र लडाकु विमान, क्रुज मिसाइलहरू र ब्यालिस्टिक मिसाइलहरू विभिन्न दिशाहरूमा प्रयोग गर्छन’, युक्रेनको वायुसेना कमाण्डले एक विज्ञप्तिमा भन्यो ।

युक्रेनले सोमबार एउटा रुसी विमान, दुई ओटा हेलिकोप्टर र ६ ओटा ड्रोन ध्वस्त पारेको दाबी गरेको । युक्रेनको दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

यसैबीच, एउटा भिडियो सन्देशमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सशस्त्र फौजले रुसी फौजको सशक्त प्रतिकार गरेको र उनीहरुलाई अगाडि बढ्नबाट रोकेको छ । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा युक्रेनी फौजले रुसी विमान खसालिदिएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्