![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2022/03/gaja-ulti-750x375-1.jpg?fit=750%2C375&ssl=1)
सुनसरी । बराहक्षेत्र नगरपालिकापा–१ कोशीको भङ्गालोस्थित खयरघारीबाट २ सय २१ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । शनिबार साँझ प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा प्लाष्टिकको ७ वटा बोरामा उक्त गाँजा भेटेको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।