रुसको हमलाबाट युक्रेनी सहर मरिपोलका ८० प्रतिशत भवनमा क्षति



किभ । रुसी सेनाको आक्रमणबाट युक्रेनको मरिपोल सहरका ८० प्रतिशत भवनहरु क्षतिग्रस्त भएका छन् । रुसी फौज मरिपोलको केन्द्रमा पुगेपछि अहिले ठूलो लडाइँ भैरहेको बीबीसीले जनाएको छ ।

मरिपोलमा कुनै सानो क्षेत्रमा पनि युद्धको प्रभाव देखिन बाँकी नरहेको मरिपोलका मेयर भाडिम बोइचेन्कोलाई उदृत गर्दै बीबीसीले जनाएको छ । रुसले बमबारी जारी राखेकोले सर्वसाधरणलाई सुरक्षित ठाउँमा पठाउन नसकिएको उनले बताएका छन् ।

चार लाख भन्दा धेरै मानिस झण्डै दुई हप्तादेखि मरिपोलमा फसेका छन् । यसैबीच युक्रेनका राष्ट्रपति भलोमिदिर जेलन्स्कीले तत्काल अर्थपूर्ण वार्ता गर्न रुससँग आग्रह गरेका छन् । जेलन्स्कीले गर्नुभएको भिडियो सम्बोधनमा रुसले गरिरहेको गल्तीबाट कम क्षति गराउने उपाय सकेसम्म चाँडो अर्थपूर्ण शान्ति वार्ता गर्न रहेको बताउनुभएको बीबीसीले जनाएको छ । युक्रेनी भूमिको अखण्डता र युक्रेनमा न्याय पुनस्र्थापनाका लागि यो भेटेर कुराकानी गर्ने समय रहेको जेलन्स्कीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्