फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (विज्ञप्ति)



काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

यसअघि मूल्य बढाएको दुई हप्तामै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५० रुपैयाँ तय गरेको छ। डिजेल–मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३३ रुपैयाँ तोकिएको छ।

एलपी ग्यासको मूल्य यथावत राखिएको छ। साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ । यसअघि निगमले फागुन ७ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

प्रतिक्रिया दिनुहोस्