बुद्ध एयरले पुनः पर्वतीय उडान शुरु गर्ने



काठमाडौं : बुद्ध एयरले पुनः पर्वतीय उडान शुरु गर्ने भएको छ । लामो बन्दाबन्दीपछि बुद्ध एयरले यहि मंसिर २० गते अर्थात डिसेम्बर ५ देखि Everest Experience FLight शुरु गर्न लागेको हो ।

यसले पर्यटनलाई केही गति प्रदान गर्ने बुद्ध एयरले बताएको छ । माउण्टेन फ्लाइटको उडान करिब १ घण्टाको हुनेछ ।

काठमाडौं त्रिभुवन विमानस्थलबाट शुरु हुने यो उडानबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशंकरलगायत अन्य हिमश्रृंखलाहरुको मनोरम दृश्य हेर्न सकिन्छ । बुद्ध एयरले यसका लागि ८ हजार ९ सय भाडा तोकेको छ ।

यसमा झ्यालसहित सँगैको अर्को सिट (झ्यालबिना) सित्तैमा उपलब्ध गराउनेछ । यो अफर तत्कालको लागि नेपाली नागरिकलाई मात्र उपलब्ध हुनेछ ।

प्रकाशित : मंसिर १४, २०७७

प्रतिक्रिया दिनुहोस्