बझाङमा जिप दुर्घटना २ को मृत्यु, १२ घाइते (फाेटाेसहित)



धनगढी : बझाङको बाग्थलादेखि बुङगलको बिजगडा जाँदै गरेको जिप दुर्घटनामा परेको छ । से १ज७२६ नम्बरको जिप पितले बराड मिडी बगरमा पुलको माथि दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको तथा १२ जना घाइते भएका छन् ।

दुर्घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने ८ पुरुष १ महिला र २ बालबालिका घाइते भएका बझाङका डीएसपी प्रवीण धितालले जानकारी दिए । 

 

घाइतेको देउरा प्राथमिक चौकीमा उपचार भइरहेको उनले बताए । मृत्यु हुनेको सनाखत भएको छैन ।

प्रतिक्रिया दिनुहोस्