images

अमेरिकामा सीके राउतविरुद्ध जुटे मधेसी युवा, जनकपुरबाट असहयोग आन्दोलन गर्ने

द नेपालटप | प्रकाशित: २०७५-६-१८ गते
अमेरिकामा सीके राउतविरुद्ध जुटे मधेसी युवा, जनकपुरबाट असहयोग आन्दोलन गर्ने

पिट्सवर्ग, संयुक्त राज्य अमेरिका । संयुक्त राज्य अमेरिकामा रहेका नेपाली मधेसी समुदायका युवा उद्यमी, व्यवसायी र विद्यार्थीले सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।

 

यही सन २०१८ को सेप्टेम्बर २३ तारिखको दिन अमेरिकाको पेनसिलिभ्यानिया राज्यको पिट्सवर्ग मेट्रो सिटीमा नेपाली मूलका विभिन्न पेशामा लागेका मधेसी समुदायका युवामाझ आयोजित एक वैचारिक गोष्ठीमार्फत उनीहरुले यस्तो निर्णय लिएका हुन् ।

 

महोत्तरी जिल्लाबाट अमेरिका आई यहाँ विगत एक दशकदेखि बस्दै आएका उद्यमी जय साहको अध्यक्षतामा उक्त गोष्ठी सम्पन्न भएको थियो । त्यस्तै गोष्ठीमा डा. राजेश साह (सुनसरी) ई. प्रणय साह (सिरहा), ई.सर्वेश मण्डल (सिरहा), ई. विनयविक्रम बर्मा (बाँके), डा. रविकान्त गुप्ता (सप्तरी), ई. अभि गुप्ता (सप्तरी), उद्योगपति सत्य साह (धनुषा), रञ्जन साह (धनुषा), कृष्ण गुप्ता (काठमाडौं), सञ्जय चौधरी (महोत्तरी), राजीव साह (महोत्तरी), राज साह (सर्लाही), अजय गुप्ता (पर्सा), बिकेश यादव (सिरहा), राजनन्दन यादव (बारा), अर्जुन मण्डल (महोत्तरी), रमेश यादव (धनुषा), जितेन्द्र साह (धनुषा)को उपस्थिति रहेको थियो ।

 

उक्त गोष्ठीमार्फत मधेसी समुदायका युवाले ‘युथ फर ट्वेन्टी टु सेन्चुरी’ नामक एनजिओ पनि गठन गरेको जय साहले जनाएका छन् । आफूहरुले मुख्यतयः कसरी जनकपुरबाट सीके राउतलाई रोक्न असहयोग आन्दोलन सुरु गर्ने र तराईका सबै जिल्लामा हामी नेपाल टुक्रिन दिन्नौं नामक अभियान चलाउने निर्णय गरेको साहले बताए । त्यस्तै उनले आफूहरुले गैर राजनीतिक तरिकाले सीके राउतको नाम नलिईकन सीके राउतको बढ्दो लोकप्रियतालाई कसरी रोक्ने भन्नेबारे पनि बृहत् छलफल गरेको जनाए ।

 

नेपाल र मधेसमा भएका बहुभाषीय, बहुजातीय र बहुभेषभूषामा भिन्नताका समस्यालाई गैर राजनीतिक तरिकाले कसरी समाधान गर्ने र जसले गर्दा अरु युवालाई अर्को सीके राउत बन्न नपरोस् भन्नेबारे पनि आफूहरुमाझ छलफल भएको उनको दाबी छ ।

 

तराईमा रहेका आर्थिक, सामाजिक र अधिकारको कमीलाई गैर राजनीतिक तरिकाले कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे पनि आफूहरुले छलफल गरेको साहले जानकारी दिए ।


 

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

ओली–विप्लव लडाइँ, कसलाई कति चुनौती ?

ओली–विप्लव लडाइँ, कसलाई कति चुनौती ?

काठमाडौं : सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको गगिविधिलाई प्रतिबन्धि लगाएसँगै क्रूर दमनको नीति लिएको छ..

शिक्षामन्त्री पोखरेल अस्पताल भर्ना

शिक्षामन्त्री पोखरेल अस्पताल भर्ना

काठमाडौंः शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी बिहीबार अप..

प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, विभागीय कार्वाही गर्न सिफारिस

प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, विभागीय कार्वाही गर्न सिफारिस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु (होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समिति..

मोदी फेरि वाराणसीबाटै लोकसभा निर्वाचन लड्ने, आडवाणी र मुरलीले टिकट पाएनन्

मोदी फेरि वाराणसीबाटै लोकसभा निर्वाचन लड्ने, आडवाणी र मुरलीले टिकट पाएनन्

नयाँ दिल्ली : भारतको आसन्न लोकसभा निर्वाचनका लागि भारतीय जनता पार्टीले उम्मेदवारको सूची सार्वजनिक गरेको छ । भा..

फोरमसँगकाे एकताका लागि राजपाद्वारा वार्ता समिति गठन

फोरमसँगकाे एकताका लागि  राजपाद्वारा वार्ता समिति गठन

काठमाडौंः संघीय समाजवादी फोरम नेपालसँग एकताका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वार्ता समिति गठन गरेको छ ।..

१० हजार रुपैयाँको सेयर किन्दै प्रधानमन्त्री अ‍ोली

१० हजार रुपैयाँको सेयर किन्दै प्रधानमन्त्री अ‍ोली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा अ‍ोली र ऊर्जामन्त्री वर्षमान पुनले बिहीबार माथिल्लो त्रिशूली ३ बी जलविद..