आईतवार पनि धनगढीमा आम हड्ताल



धनगढी: राजधानी सारिएको विरोधमा धनगढीमा आह्वान गरिएको आमहड्तालबारे छलफल गर्नका लागि शनिबार बोलाईएको बैठक विना निष्कर्ष टुङगिएको छ। 

 

कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलमा प्याब्सन, एनप्याब्सन, उद्योगी, व्यवसायीलगायत सरोकारवालाले आम हडताल फिर्ता लिन आग्रह गरेका थिए। उनीहरुले बन्दका कारण सबै क्षेत्रमा असर परिरहेको भन्दै बन्दको विकल्प खोज्न आन्दोलनकारीलाई अाग्रह गरेका थिए। 

 

तर, आन्दोलनकारीले भने आम हडताल र बन्द यथावत् रहेको बताएका छन्। आईतबार पनि बन्द र आमहडताल यथावत रहने बताइएको छ।

आईतबार बिहान फेरि छलफल हुने बताईएको छ।

 


याे पनि पढ्नुहाेस्

धनगढी बन्द गराउँदै हिडेका कांग्रेसका कार्यकर्ता र अटोचालक पक्राउ

अनिश्चितकालका लागि धनगढी बन्द

प्रदेश ७ को राजधानी र नाम स्विकृत, असन्तुष्ट पक्षद्धारा अनिश्चितकालीन आम हड्ताल घोषणा

प्रतिक्रिया दिनुहोस्