धनगढी बन्द गराउँदै हिडेका कांग्रेसका कार्यकर्ता र अटोचालक पक्राउ



धनगढी :  धनगढी बन्द गराउँदै हिडेका कांग्रेसका एक कार्यकर्ता र एक अटोचालकलाई प्रहरीले पक्रेको छ। नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर ३ मा वडाध्यक्ष लडेका राजबहादुर ऐरलाई धनगढीको ट्राफिक चोक नजिकै पक्राउ गरिएको हो।

 

यद्यपी कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने पक्राउ गरेको पुष्टि गरेका छैनन्। तर ऐरले टेलिफोनमा आफूलाई प्रहरीले पक्रेर जिप्रकामा राखेको बताएका छन्।

 

ऐरसँगै रहेका से १ ह ८७८ नम्बरको अटोरिक्साका चालक रामप्रसाद चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ। अटो चल्न नदिएपछि चौधरी बन्दकर्ताको गतिविधि हेरिरहेका थिए। दुबैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ।

 

प्रदेशसभाको दुई तिहाईले राजधानी गोदावरी राख्ने निर्णय गरेको विरोधमा आजदेखि अनिश्चितकालिन धनगढी बन्द आह्वान गरिएको छ। नागरिक समाज संघर्ष समितिको नाममा धनगढी बन्द गराइएको हो।

 


याे पनि पढ्नुहाेस्

अनिश्चितकालका लागि धनगढी बन्द

प्रदेश ७ को राजधानी र नाम स्विकृत, असन्तुष्ट पक्षद्धारा अनिश्चितकालीन आम हड्ताल घोषणा

प्रतिक्रिया दिनुहोस्