अनिश्चितकालका लागि धनगढी बन्द



धनगढी : प्रदेश ७ काे स्थायी राजधानी र नामकाे विषयविरुद्ध शनिबारबाट धनगढीमा अनिश्चितकालीन बन्दकाे घाेषणा गरिएकाे छ । बन्दको पहिलो दिन आंशिक प्रभाव परेको छ ।

 

बिभिन्न स्थाबाट आउने रात्री बसहरुलाई जिल्लामा भित्रिन दिइएको छ । दिवा सेवाका लामो दूरीका कुनै पनि गाडी बिहानको समयमा चलेका छैनन् । साँझ पाँच बजेपछि मात्रै लामो दूरीका गाडीहरु चल्न दिइने बन्दकर्ताले बताएका छन् ।

 

मोटरसाइकल चलाउन भने छुट दिइएको छ तर रिक्सा, अटो रिक्साहरु खासै चलेका छैनन् । बन्दकर्ताहरुले बिहानैदेखि बजारमा माइकिङ गर्दै बन्द सफल पार्न आह्वान गरिरहेका छन् । उनीहरुको आग्रहपछि रिक्सा, अटो रिक्सा चालकहरु ग्यारेजमै फर्किएका छन् ।

 

उद्योग कलकारखाना र शिक्षण संस्था सार्वजनिक विदाको दिन प्राय बन्द नै हुने भएकाले शनिबार खासै प्रभावित भएका छैनन् । धनगढी बजार भने बन्द छ ।

 

बन्दको बेला सुरक्षा व्यवस्था कडा पारिएको छ । सशस्त्र र नेपाल प्रहरीको टोली ठाउँ-ठाउँमा परिचालन गरिएको छ ।

 

प्रदेशसभामा शुक्रबार प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको वडानम्बर २ मा राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय दुई तिहाई बहुमतका आधारमा गरिएको थियो ।

 

उद्योग कलकारखाना र शिक्षण संस्था सार्वजनिक विदाको दिन प्राय बन्द नै हुने भएकाले शनिबार खासै प्रभावित भएका छैनन् । धनगढी बजार भने बन्द छ । बन्दको बेला सुरक्षा व्यवस्था कडा पारिएको छ । सशस्त्र र नेपाल प्रहरीको टोली ठाउँ-ठाउँमा परिचालन गरिएको छ ।

 

प्रदेशसभामा शुक्रबार प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर २ मा राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय दुईतिहाई बहुमतका आधारमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्