झलनाथ पुगे प्रधानमन्त्री ओली भेट्न अस्पतालमा



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल पुगेका छन्। आज अस्पताल भर्ना गरिएका ओलीलाई भेट्न पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल पुगेका हुन्। 

 प्रधानमन्त्री ओलीलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेर फर्किसकेका छन्। त्यस्तै गृहमन्त्री रामबहादुर थापाले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था वारे जानकारी लिएर फर्किएका छन्। लगातार खोकी बढेपछि प्रधानमन्त्री ओलीलाई आज अस्पताल लगिएको हो। 

 

प्रतिक्रिया दिनुहोस्