एसईईकाे सामाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि, प्रदेश २ मा आजको परीक्षा स्थगित



धनुषाः  परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले शुक्रबारको अनिवार्य सामाजिक विषयको नियमिततर्फको प्रदेश दुई अन्तर्गतको परीक्षा रद्द गरेको छ 

शुक्रबार बिहान ८ बजेदेखि हुने अनिवार्य समाजिक विषयको नियमित तर्फको परीक्षाको प्रश्नपत्र बिहीबार नै आउट भएको थियो  । परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएपछि समाजिक विषयको परीक्षा स्थागित भएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए ।

एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक विषय, र ग्रेड वृद्धिको विषयको परीक्षा यथावत रहने उनले बताए । हिजो पनि विज्ञान विषयमा प्रश्नपत्र बाहिरिएपछि रद्द भएको थियो । प्रदेश नम्बर २ मा परिक्षा हुनुपूर्व नै विज्ञान विषयको प्रश्नपत्र बाहिएपछि प्रदेश सरकारले छानबिन गठन गरेको छ ।

बिहिबार जनकपुरमा अबेर साँझ प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले समिति बनाएको घोषणा गरेको हो । प्रदेश सरकारले यसबारे छानबिन गर्ने भएको छ ।

प्रदेश सरकारले शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माको अध्यक्षतामा ३ सदस्यीय छानबिन समिति गठन गरेको सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकारी दिए । यस समितिमा उपसचिव ठूलोबाबु दाहाल र कानुन शाखाका उपसचिव अरुणकुमार झा सदस्य छन् । परिक्षा रद्द भएपछि विधार्थी घर फर्केका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्