फागु खेलेर उठेको डेढ लाख विद्यालयलाई



कैलाली : होली खेलेर कैलालीका युवाहरुले डेढ लाख संकलन गरेका छन्। गौरीगंगा नगरपालिका १० का युवाले वडाभरि होली खेलेर बुधबार ६६ हजार नगद संकलन गरिएको गोरखसिंह धामीले जानकारी दिए। संकलन गरिएको उक्त रकम गाउँकै बेताल प्राथमिक विद्यालयलाई हस्तान्तरण गरिएको होली कमिटी संयोजक राजबहादुर साउँदले बताए। 

२०६१ सालमा स्थापना भएको प्राथमिक विद्यालमा हालसम्म एक जना स्थायी शिक्षक पनि आएका छैनन्। तीन जना शिक्षक निजी स्रोतको भरमा, एक जना राहत र बालविकास र कार्यलयको एक जना गरी ६ जना शिक्षक विद्यालयमा कार्यरत छन्। १ सय ७५ जना विद्यार्थी रहेको यस स्कुलका शिक्षकहरुलाई तलब खुवाउनसमेत हम्मेहम्मे हुने गरेको छ।

युवाहरुले होली खेलेर संकलन गरेको रकमले धेरै हदसम्म राहत भएको विद्यालय प्रशासनले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्