सलमान र अक्षय भिड्दै, कसले मार्ला बाजी ?



एजेन्सी : बलिउडका दुई चर्चित अनुहार सलमान खाँन र अक्षयकुमार फेरि एक पटक भिड्ने भएका छन्। हरेक वर्षको इदमा सलमाना खाँनको नयाँ फिल्म रिलिज भइरहेको हुन्छ।

अब आउने इदमा अक्षयकुमार सलमानको प्रतिद्वन्द्वी बन्नेछन्। यो वर्षको इदमा सलमान अभिनीत ‘भारत’ रिलिज हुँदै छ। त्यसैलाई टक्कर दिन भनी अक्षयले पनि सोही मिति पारेर सूर्यवंशी’ रिलिज हुने बताए। हरेक वर्षको इदमा सलमानको फिल्म आउँछ भन्ने थाहा भए पनि अक्षयले त्यसको पर्वाह गरेनन्। र जुध्न पुग्यो।  

फेरि यसै मितिमा सलमान खानको अर्को नयाँ चलचित्र पनि रिलिज हुने पक्का भएको छ। उक्त मितिमा चलचित्र ‘इन्साअल्ला’ रिलिज हुनेछ। संजयलीला भन्सालीको निर्देशनमा बन्ने यो चलचित्रमा सलमान र आलिया भट्टको मुख्य भूमिका रहनेछ।

संजयलीला भन्सालीको चलचित्र भएका कारण र आलिया र सलमानको जोडी पर्दामा देख्न पाइने भएका कारण यो चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ। त्यस्तै, ‘सिम्बा’ निर्देशक रोहित सेट्ठीले निर्देशन गर्ने ‘सूर्यवंशी’ पनि निकै चर्चामा रहेको चलचित्र हो।

यो चलचित्रमा अक्षय कुमार र ज्याक्लिन फर्नान्डेजको मुख्य भूमिका रहनेछ। यस अर्थमा सन् २०२० को इदमा दुई ठुला व्यानरमा निर्माण भएका चलचित्रको प्रतिस्पर्धा हुने पक्का छ। दुई चलचित्र एक साथ रिलिज हुनाले दुबैको व्यापारलाई असर गर्नेछ।

प्रतिक्रिया दिनुहोस्