के नेपाली बुहारी बन्लिन् श्रद्धा ? 



एजेन्सी : बलिउड अभिनेत्री श्रद्धा कपुरले चाँडै बिहै गर्ने जनाएकी छन्। उनले अहिले ब्याइफ्रेन्ड रोहन श्रेष्ठसँग सम्बन्धमा छिन्।

उनीहरु एक वर्षभन्दा बढी समयदेखि डेटिंगमा छन्। खबरहरुका अनुसार उनीहरुले छिट्टै बिहे गर्नेछन्। नेपाली मुलका श्रेष्ठ केही वर्षदेखि बलिउडको फोटोग्राफीमा भविष्य बनाउँदै छन्। बलिउडमा चर्चित सेलिब्रेटी फोटोग्राफरका छोरा रोहन हुन् रोहन।  

दुवैले आफ्नो इन्टाग्राममा जोडीको फोटो सेयर गरेको खबर पनि बाहिरिएको छ। नवभारत टाइम्सले केही समयअघि यी जोडी एकैसाथ देखिएका भनी फोटोसँगै समाचार छोपेको थियो। 

आशिकी २ बाट बलिउडमा जबर्जस्त अभिनय गरेकी श्रद्धा सुन्दरता, अभिनय कौशलका कारण बलिउडमा चर्चित बनेकी छन्। बलिउड लाइफ डटकमका अनुसार श्रद्धा र रोहन आगामी वर्ष बिहे गर्दैछन्। साथै दुवैका परिवारबीच तयारी पनि सुरु भएको जनाइएको छ। 

प्रतिक्रिया दिनुहोस्