जनकपुरमा प्रहरीको भ्यानले ठक्कर दिँदा एक घाइते



जनकपुरधाम : जनकपुरको राम चोकमा प्रहरीको भ्यानले ठक्कर दिँदा एक जना घाइते भएका छन् । रामचोकमा होली मनाइरहेका ती युवालाई प्रहरीको भ्यानले ठक्कर दिएको हो । उनको परिचय खुलेको छैन । 

घटनापछि स्थानीयले अहिले रामचोकमा प्रदर्शन गरिरहेका छन् । आक्रोशित युवाको समूहले तीन ओटा प्रहरीको भ्यानमा पनि तोडफोड गरेका छन् । रामचोकको अवस्था अहिले तनावग्रस्त छ ।

प्रतिक्रिया दिनुहोस्