छोराको जन्मदिनमा माधुरीले पाहुनाको रूपमा कुकुर भित्र्याइन् 



एजेन्सी : माधुरी दीक्षित आजभोलि राम्रो कामले चर्चामा छिन्। उनी र उनका पति श्रीराम नेनेले एक बेसहारा ‘पेट डग’लाई संरक्षण गरेका छन्। उनले कुकुरसँगको फोटो इन्स्ट्राग्राममा सेयर गरेकी छन्। 

अभिनेत्री माधुरी दीक्षित अभिनीत आगामी फिल्म ‘कलंक’आउँदो महिना रिलिज हुँदै छ। तर, हाल उनी फिल्मभन्दा यही कामले चर्चामा छिन्। उनी र उनका पतिले पिपुल फर एथिकल ट्रिटमेन्ट्स अफ इन्डियाद्वारा बचाइएको एक कुकुरलाई संरक्षण गरेका छन्। 

माधुरीले १७ मार्चमा आफ्नो छोरा अरिनको जन्मदिनमा यस कुकुरलाई घरमा ल्याएकी हुन्। उनले इन्स्ट्राग्राममा कुकुरसँगको फोटोहरु सेयर गरेकी छन्। फोटोसँगै उनले क्याप्सनमा लेखेकी छन्, ‘हाम्रो अनुहारको मुस्कानले बताउँछ, कि यस प्यारो डगले हाम्रो दिल जितेको छ। कारमेलो नेने परिवारमा स्वागत छ,’ ‘म सबै पशुप्रेमीलाई अनुरोध गर्छु कि बेसहारा पशुलाई संरक्षण गर्नुहोस्, माया गर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्