राष्ट्रिय परिवार योजना सम्मेलन जारी



काठमाडौँ : राष्ट्रिय परिवार योजना सम्मेलन सोमबारदेखि काठमाडौँमा सुरु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,परिवार कल्याण महाशाखाको आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गरे।

सम्मेलन उद्घाटन गर्दै मन्त्री यादवले सरकार र निजी क्षेत्रको प्रभावकारी समन्वय भएमा नेपालले परिवार नियोजनमा राखेको दिगो लक्ष्य हासिल गर्न सकिने बताए। नेपालले परिवार नियोजन प्रयोग दर ७५ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ।

परिवार कल्याण महाशाखाका प्रमुख डा आरपी विच्छाका अनुसार १९७६ को प्रजनन दरको तथ्याङ्क हेर्दा ६ दशमलव ३ प्रतिशत थियो भने २०१६ मा आइपुग्दा २ दशमलव ३ मा झरेको छ। 

उनले गर्भनिरोधक साधनको उपभोग गर्नेको सङ्ख्या २ दशमलव ९ प्रतिशतबाट अहिले ५३ प्रतिशत भएको बताइन्। त्यसमा पनि आधुनिक साधन प्रयोग गर्ने ४३ प्रतिशत मात्र छन्। सम्मलेलन मंगलबारसम्म चल्ने छ। 

 

प्रतिक्रिया दिनुहोस्