काठमाडौंमा पानी पर्‍यो, यस्तो छ तीन दिनको अनुमानित मौसम



काठमाडौं : उपत्यकासहित देशको पूर्वी र पहाडी भूभागमा मौसम आंशिक र सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकालगायत पहाडी भूभागमा क्षणिक अहिले क्षणिक वर्षा भइरहेकाे छ । अन्य ठाउँमा पनि मेघगर्जनसहित हल्का पानी पर्नसक्ने मौसमविद् वरुण पौडेलले जानकारी दिए। उनले राति भने मौसम सफा रहने बताए। 

भाेलि माैसम सामान्य रहने देखिएपनि बुधबार फेरि पश्चिमी, मध्य र पूर्वी क्षेत्रको पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद् पौडेलले खण्डवृष्टिका कारण केही दिन मौसम यस्तै परिवर्तन भइरहने बताए।

 

प्रतिक्रिया दिनुहोस्