डडेलधुरामा हायस दुर्घटना, १३ जना घाइते, ३ सिकिस्त



कैलाली : डडेल्धुरामा हाएस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। तीमध्ये ३ जना सिकिस्त रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दिपायलबाट धनगढी आइरहेको बा २ ख १६६५ नम्बरको हाएस डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ गुयलीखेतमा दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दुर्घटनाका घाइतेमध्ये १० जना सामान्य छन्। 

प्रहरीका अनुसार दुर्घटनास्थलबाट घाइतेको उद्धार भइरहेको छ। रोकिराखेको हाएस भिरालो भएकाले अचानक झाडीमा खसेर दुर्घटना भएको यात्रुलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्