लाखौं ठग्दै मेडिकल कलेज, कुन कलेजले कति ठग्छन्?



काठमाडाैंः त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले एमबीबीएस र बीडीएसका विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क असुल्दै आएका छन्। त्रिविको अनुगमन निर्देशनालयको छानबिनमा ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगन्जको नेसनल र पोखराको गण्डकी मेडिकलले अवैध रूपमा शुल्क लिएको पाइएको हो।

चिकित्सा शिक्षाका विज्ञ सम्मिलित टोलीले तयार पारेको प्रतिवेदनअनुसार पाँचवटै मेडिकल कलेजले फरक फरक शीर्षकमा शुल्क असुलेका छन् र शुल्क विद्यार्थी पिच्छे फरक छ। चितवन मेडिकल कलेजले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग २२ लाखदेखि ३५ लाखसम्म अतिरिक्त शुल्क लिने गरेको छ। यो खबर आजको कान्तिपुरदैनिकमा सुदीप कैनीले लेखेका 

यसैगरी युनिभर्सले कलेजले २ लाख ८४ हजार, चितवन कलेजले २२ देखि ३५ लाख, नेसनल कलेजले १२ लाख र गण्डकी कलेजले १० लाख रुपैयाँसम्म विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्ने गरेका छन्। किस्ट कलेजले भने विवरण लुकाएको छ। छानबिन टोलीले ती कलेजलाई कारबाही गर्न सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्