मेस्सीको सानदार ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित



एजेन्सी : स्पेनिस ला लिगाअन्तर्गत आज बिहान भएको खेलमा शीर्ष स्थानको बार्सिलोनालो रियल बेटिसलाई उसैको मैदानमा ४–१ गोलअन्तरले हराएको छ।

खेलमा मेसीले ह्याट्रिक गरेका थिए। मेसीले १८ औं मिनेटमा झन्डै २० यार्ड टाढाबाट उत्कृष्ट फ्रिकिक गोल गरेका हुन्। सोही गोलबाट अग्रता लिएको बार्साका लागि मेसीले नै पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका थिए।

मेसीले प्रहार गरेको फ्रिकिक गोलरक्षक पाउ लोपेजले ठम्याए पनि त्यहाँसम्म पुग्न भने सकेनन्। पहिलो हाफको इन्ज्युरी समयमा मेसीले लुइस सुआरेजको ब्याकहिल पासलाई आफ्नो खुट्टाको टुप्पोले प्रहार गरी दोस्रो गोल गरे। सुआरेजको ब्याकहिल पासले तीन डिफेन्डर बिट भएका थिए।

दोस्रो हाफको ६३ औं मिनेटमा सुआरेजले एकल प्रयासमा गोल गर्दै स्कोर ३–० को स्थितिमा ल्याए । बेटिसका लोरेन मोरोनले ८२ औं मिनेटमा एक गोल फर्काए। तर त्यसको तीन मिनेट नपुग्दै मेसीले अर्को गोल थपे। ला लिगामा मेसीले व्यक्तिगत ३३ औं ह्याट्रिक पूरा गरे। मेसीले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारले गोलरक्षक लोपेजलाई छक्याउँदै पोस्टको दिशा लिएको थियो।

यस जितसँगै बार्सिलोनाले २८ खेलबाट ६६ अंक जोडेको छ। एट्लेटिको म्याड्रिडले पनि २८ खेल खेले पनि शीर्ष स्थानको बार्सिलोनाभन्दा १० अंकले पछि परेको छ। भने त्यति नै खेल खेलको रियल म्याड्रिड भने ५४ अंकका साथ तेस्रो स्थानमा छ। 

प्रतिक्रिया दिनुहोस्