काठमाडौँमा पनि भेटियो बर्डफ्लु



काठमाडौँ : काठमाडौँको ताकेश्वर नगरपालिकाका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भेटिएको छ। तारकेश्वर–७ स्थित सागर पोल्ट्रीफार्म र आकाश पोल्ट्रीफार्मका कुखुरामा बर्डफ्लु पुष्टि भएको नगर पशुशाखा प्रमुख डा.जयप्रकाश राय यादवले जानकारी दिए।

 

बर्डफ्लु पुष्टि भए पछि २८ हजार कुखुरा नष्ट गरिएको छ। अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थाले पछि परीक्षणका लागि पठाइएको  यादवले बताए। बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम पनि भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस्