दिगो विकास समितिले प्रदेशमा अनुगमन गर्ने



काठमाडौँ : दिगो विकास लक्ष्य तथा सुशासन प्रवर्द्धनका लागि राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले पहिलो चरणमा तीन वटा प्रदेशमा अनुगमन गर्ने भएको छ।

सङ्घीय संसद्को चालु अधिवेशन सकिएसँगै प्रदेश अनुगमनको कार्यक्रम तय गरिने बताइएको छ। समितिको आइतबार बसेको बैठकले पहिलो चरणमा प्रदेश नं १, २ र ३ मा अनुगमन एवं छलफल गर्ने निर्णय गरेको सभापति तारादेवी भट्टले जानकारी दिए। 

अनुगमनका क्रममा प्रदेश सरकारका दिगो विकास र सुशासनसँग सम्बन्धित विषयमा काम गर्ने मन्त्रालय एवं विभागका अधिकारीको सहभागिता रहने जनाइएको छ। 

प्रतिक्रिया दिनुहोस्