देशभरका मालपोत र नापी कार्यालय डिजिटल बन्दै



काठमाडौँ : सरकारले देशभरका मालपोत र नापी कार्यालयलाई डिजिटल बनाउने भएको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले आइतबार कलंकीमा रहेको मालपोत कार्यालयको अनुगमन गरेकी छन्।

सुरुवातमा कलंकी मालपोत कार्यालयलाई डिजिटल बनाउन तयारी भइरहेको छ। तयारीका कामको अनुगमन गर्न मन्त्री अर्याल मालपोत कार्यालय पुगेकी हुन्।

उनले मालपोत तथा नापी कार्यालयलाई डेढ वर्ष भित्र सहज कार्यालयको रूपमा व्यवस्थित गर्न लागेको बताएकी छिन्। मालपोत तथा नापी कार्यालयमा अनियमितता बढी हुने भएकाले डिजिटललाइजेसन पश्चात् ७० प्रतिशत भष्टचार कम हुने मन्त्रीको दाबी छ।

उनले सेवाग्राहीलाई सहज सेवा दिने उद्देश्यले आउने असार मसान्त भित्र उपत्यकाका सबै कार्यालय प्रविधियुक्त बनाउने दाबी गरेकी छिन्। 

 

प्रतिक्रिया दिनुहोस्