परिवार नियोजनका साधन प्रयोगदर ४३ प्रतिशत मात्र 



काठमाडौँ : नेपालमा परिवार नियोजनका साधन प्रयोगदर ४३ प्रतिशत मात्र रहेको छ। साधनका बारेमा ९० प्रतिशतलाई जानकारी रहेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख चिकित्सक आरपी विछाले बताए।

महाशाखाद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले परिवार नियोजन सेवाका लागि हालसम्म कति लगानी भयो भन्ने तथ्याङ्क नभएको बताए। दातृ निकायले हालै सार्वजनिक गरेको अध्ययन अनुसार अझै पनि ३४ प्रतिशत किशोर किशोरी परिवार नियोजन सेवाको पहुँचमा छैन। 

अर्कोतर्फ गत वर्ष सरकारी आँकडामा गर्भपतन गराउनेको सङ्ख्या एक लाख माथि रहेको छ। यसैबिच नेपालमा पहिलो पटक सोमबारदेखि परिवार योजना सम्मेलन सुरु हुँदैछ । 

सम्मेलनमा परिवार नियोजन सेवाको पूर्ति, माग, सेवाको पहुँच विस्तार, पहुँचमा नआएकालाई कसरी समेट्ने लगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्