‘छक्का पञ्जा २’ फेरि प्रदर्शनमा आउने 



काठमाडौं : २०७४ सालको दसैंमा रिलिज भएको फिल्म ‘छक्का पञ्जा २’ लाई निर्माण पक्षले फेरि प्रदर्शन गर्ने भएको छ।

दर्शकहरुको चाहनाबमोजिम यस फिल्मलाई रि–रिलिज गर्न लागिएको फिल्मका नायक तथा निर्माता दीपकराज गिरीले जानकारी दिएका छन्। छक्का पञ्जा २’ हलमा रिलिज भएको डेढ वर्ष बितिसके पनि यो फिल्मलाई युट्युबमा रिलिज गरिएको छैन। निर्माण टिमले तत्काल युट्युबमा रिलिज गर्नुभन्दा पनि रि–रिलिज गर्ने बताएको छ।

फिल्म २०७६ सालकाे वैशाख १३ गते नेपालमा र जेठकाे पहिलाे साता विदेशमा प्रदर्शनकाे तयारी गरिएकाे फिल्मका निर्माता तथा नायक गिरीले दनेपाल टपलाइ जानकारी दिए।

यस फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। फिल्ममा गरीसहित प्रियंका कार्की, जितु नेपाल, स्वपुरुष ढकाल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा राउतलगायत कलाकारले अभिनय गरेका छन्। यस फिल्मको तेस्रो पार्ट पनि प्रदर्शनमा आइसकेको छ।

प्रतिक्रिया दिनुहोस्