विप्लवको जिल्ला कमिटी नै नेकपामा विलय



काठमाडाैं : विप्लव नेतृत्वको नेकपा लमजुङ जिल्ला कमिटी नै सत्तारुढ नेकपामा विलय भएको छ। अध्यक्षसहित सम्पूर्ण जिल्ला कमिटी नै समाहित भएको हो।  क्रान्तिकारीका जिल्ला अध्यक्ष गोबद्र्धन गौलीको नेतृत्वको जिल्ला कमिटी र देशभक्त पार्टीका जिल्ला सचिव सुरेशचन्द्र न्यौपानेको नेतृत्वमा २९ जनाको समूह नेकपामा प्रवेश गरेका हुन्। 

करिब आधा दर्जन बढी संख्यामा विप्लवका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका गण्डकी प्र्रदेशसभा सदस्य तथा तत्कालीन एमाले जिल्ला अध्यक्ष धनञ्जय दवाडीले नेपाल टपलाई जानकारी दिए।

नेकपाले राष्ट्र विकासका लागि थालेको अभियानमा साथ दिँदै अघि बढ्ने उद्देश्यले नेकपामा प्रवेश गरेको क्रान्तिकारीका तत्कालीन अध्यक्ष गौलीले बताए। पार्टी प्रवेशीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा नेता पृथ्वीसुब्बा गुरुङले टीका र खादा लगाएर पार्टी प्रवेश गराउँदै विभिन्न सानातिना दलमा रहेर समय बर्बाद गर्नुभन्दा समयमै मूल धारमा प्रवेश गरेर राष्ट्रिय समृद्धिको दिशामा अघि बढ्न सबैलाई आग्रह गरे। 

प्रतिक्रिया दिनुहोस्