रेल्वे संचालनले नेपाल र भारतको सम्बन्ध अझ सुमधुर : राजदुत पुरी



जनकपुरधाम : नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरीले जनकपुर–जयनगर रेल्वे संचालनमा आएपछि नेपाल र भारतबीचको सम्बन्ध अझ सुमधुर हुने बताएका छन् ।

शनिवार भारतीय लगानीमा निर्माण भइरहेको रेल्वे निर्माण अवस्थाको प्रगति निरीक्षण गर्न आएको बेला जयनगरमा संचारकर्मीसंग कुरा गर्दै पुरीले यस्तो बताएका हुन् । चाँडै नै रेल्वे संचालनमा आउने विश्वास व्यक्त गर्दै उनले भने, ‘रेल्वे संचालन हुँदा जनकपुर क्षेत्रको पर्यटकीयसंगै आर्थिक विकासमा टेवा पुग्नेछ ।’

राजदुत पुरीले रेल्वे संचालनका लागि भारत सरकार अझै सहयोग गर्न तयार रहेको बताए । पुरी र उनको टोली दुई ट्रलीमा चढेर जनकपुरदेखि जयनगरसम्मको २९ किलोमिटरको दूरी निरीक्षण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्