‘बैजू बावरा’ को सिक्वेलमा शाहरुख र सलमान



एजेन्सी : सञ्जय लीला भन्सालीको फिल्ममा बलिउडका नायक सलमान खान र शाहरुख खान एक साथ देखिने भएका छन् ।  यस फिल्ममा यी दुवै कलाकारको मुख्य भूमिका रहने छ । सञ्जयले १९५२ मा रिलिज भएको फिल्म ‘बैजू बावरा’ को सिक्वेलमा यी दुई सुपर स्टारलाई सँगै अभिनय गराउँने भएका छन् । 

सञ्जयले फिल्मका लागि ‘बैजनाथ, बैजू र बैजू तानसेन’ शीर्षक दर्ता गरेका छन् । ‘बैजू बावरा’ प्रसिद्ध सङ्गीकार बैजु बावराको जीवनमा आधारित फिल्म हो । यस फिल्मको निर्देशन विजय भट्टले गरेका थिए । यस फिल्ममा बलिउडका प्रख्यात कलाकार भारत भूषण र मिना कुमारीले अभिनय गरेका थिए ।  

बलिउड नायक सलमान र शाहरुखले सँगै काम गरेका फिल्महरूमा ‘करण–अर्जुन’, ‘दुस्मन दुनियाँ’, ‘कुछ कुछ हाता ह’, ‘जिरा’, ‘हम तुम्हारे हे सनम’, ‘हर दिल जो प्यार करेगा’ र ‘टियुबलाइट’ लगायतको रहेको छ ।   

 

प्रतिक्रिया दिनुहोस्