धनुषामा दुई दिन विद्यालय बन्दको घोषणा



जनकपुरधाम : धनुषामा शिक्षक संस्थाहरूको संयुक्त समितिले चैत ३ र ४ गते दुई दिन विद्यालय बन्दको घोषणा गरेको छ ।

अस्थायी शिक्षकहरूको आन्दोलन सम्बन्धी कार्यक्रमलाई समर्थन गर्ने निर्णयलाई कार्यान्वयन गराउन जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्न समितिले आह्वान गरेको छ ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गरी समितिले नेपाल शिक्षक महासङ्घका केन्द्रीय उपाध्यक्ष लालबाबु यादवको प्रमुख आतिथ्यमा चैत १ गते गरिएको निर्णय बमोजिम आन्दोलनलाई समर्थन जनाउदै विद्यालय बन्द गर्न लागेका हुन।

प्रतिक्रिया दिनुहोस्