उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुरा



काठमाडौँ  : आजकाल मान्छेहरूको जीवनशैली ज्यादै नै व्यस्त बनेको छ । यसले गर्दा मानिसमा उच्च रक्तचापको समस्या बढी रहेको छ । यदि उच्च रक्तचाप भएका व्यक्तिले खानपान र जीवनशैली परिवर्तन गरेनन् भने मुटु सम्बन्धी रोगको जोखिम धेरै बढ्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्तिले स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्छ ।

उच्च रक्तचाप भएकाले मान्छेहरूले दैनिक पाँच ग्राम भन्दा कम नुनको सेवन गर्नुपर्छ । यस्ता व्यक्तिले चिल्लो र बोसोयुक्त खानेकुरा कम खानुपर्छ । जहिले पनि सन्तुलित खाना र प्रशस्त मात्रामा सागसब्जी र फलफुल खाने गर्नुपर्छ ।

शरीरको तौल कायम राख्नुपर्छ । उच्च रक्तचाप हुने व्यक्ति जहिले पनि तनाव मुक्त जीवन बिताउनु पर्छ । नियमित शारीरिक व्यायम गर्नुपर्छ । धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन ।

व्यक्तिले वर्षमा एक पटक नियमित स्वास्थ्य जाँच गराउनु पर्छ । उच्च रक्तचाप भएमा स्वास्थ्य कर्मीको सल्लाहमा नियमित औषधि सेवन गर्नेुपर्छ । यस्ता व्यक्तिले भुलेर पनि मदिरा सेवन गर्नु हुँदैन ।

 

प्रतिक्रिया दिनुहोस्