‘केल्भिन क्लेन’ को अभियानमा अन्जली



काठमाडौं  : नेपालको तेस्रो लिङ्गी मोडल अन्जली लामा अन्तर्राष्ट्रिय फेसन ब्रान्ड केल्भिन क्लेनको अभियानमा आवद्ध भएकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर केल्भिन क्लेनको ‘माइ केल्भिन्स’ ह्यासट्याग सहित सुरु गरेको अभियानमा उनी सहित संसारभरका विभिन्न क्षेत्रका १० महिलाहरु समावेश भएका छन् ।  

यस अभियानमा छनोट हुने उनी पहिलो तेस्रो लिङ्गी हुन् । उनी यस अघि नेपाली मोडलिङ क्षेत्रमा सक्रिय हुँदै भारतमा आयोजना हुने लेकमे फेसन वीकमा तेस्रो लिङ्गी पहिचान सहित रैयाम्पमा देखिएकी छिन् ।  

उनले सन् २००७ मा आयोजना भएको मिस पिन्क प्रतियोगिताबाट नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छिन् ।  

 

प्रतिक्रिया दिनुहोस्