फिल्मको लागि अमिर खानले २० किलो तौल घटाउने



एजेन्सी  : बलिउड नायक अमिर खानले आफ्नो ५४ औं जन्मोत्सवमा नयाँ फिल्मको घोषणा गरेका छन् । फिल्मको नाम ‘लालसिंह चड्डा’ रहेको छ । यो फिल्म सन् १९९४ को ओस्कार विजेता हलिउड फिल्म ‘फरेस्ट गम्प’ मा आधारित रहेको छ । यस फिल्मको निर्देशन अद्वैत चन्दनले गर्ने छन् । अद्वैतले यस भन्दा पहिले आमिर द्वारै निर्मित तथा अभिनित फिल्म ‘सिक्रेट सुपरस्टार’ निर्देशन गरेका थिए ।

यस फिल्मको निर्माण अमिरले नै गर्नेछन् । यस फिल्मको सुटिङ यसै वर्ष अक्टोबरबाट सुरु हुनेछ । यस फिल्मको लागि अमिरले २० किलो तौल घटाउने भएका छन् । हलिउड फिल्म ‘फरेस्ट गम्प’ मा नायक टम ह्यांक्सको मूख्य भूमिका रहेको थियो ।

सन् १९९४ मा रिलिज भएको यस फिल्मले ६ वटा ओस्कार जितेको थियो । यो फिल्म सन् १९८६ मा विन्सटन ग्रुमको उपन्यास माथि बनेको छ । फिल्म फरेस्ट गम्प नामका एक पात्रको जीवन वरिपरि घुमि रहन्छ । फरेस्ट मार्फत् फिल्मले बीसौं शताब्दीको अमेरिकी जीवन शैली देखाइएको छ ।

‘लालसिंह चड्डा’ बनाउन आमिरले पारामाउन्ड पिक्चर्स (फरेस्ट गम्पको निर्माता कम्पनी) सँग स्वीकृति लिइसकेका छन् । यस फिल्मको सुटिङ पन्जाब र उत्तर भारतमा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्