महिला साफ च्याम्पियनसिप : समूह विजेता बन्ने नेपालको लक्ष्य



विराटनगर : साफ च्याम्पियनसिप महिला फुटबलमा एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको नेपालले (आज) बंगलादेशसँग समूह विजेताको छिनोफानोका लागि प्रतिस्पर्धा गर्दै छ । यसअघिका संस्करणमा नेपाल बंगलादेशविरुद्ध अपराजित हुँदै आएको छ । बंगलादेशविरुद्धको कुल पाँच भेटमा नेपालले चार खेल आफ्नो पक्षमा बनाउँदा एक बराबरीको नतिजा आत्मसात गरेको छ ।

बंगलादेशमा आयोजना भएको पहिलो संस्करणको सेमिफाइनल भेटमा नेपालले बंगलादेशलाई ३–० हराएको थियो । त्यसपछि २०१२ मा श्रीलंकाकमा भएको दोस्रो संस्करणमा भने बंगलादेश समूह चरणबाट नै बाहिरिएको थियो । भारतमा सम्पन्न तेस्रो संस्करणमा पनि नेपालले बंगलादेशलाई १–०ले हराउँदै आयोजक भारतसँग उपाधि भिडन्त पक्का गरेको थियो । तर, ०१६ को संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिँदा आयोजक भारतसँग स्तब्ध भयो । सोही संस्करणमा फाइनल प्रवेश गरेको बंगलादेशको साफ च्याम्पियनसिपको सबैभन्दा सफल यात्रा रह्यो ।  

नेपालविरुद्ध आक्रामक खेल प्रस्तुत गर्ने बंगलादेश शनिबार हुने खेलमा सुखद नतिजा निकाल्दै जितको यात्रालाई निरन्तरता दिन चाहन्छ । यता, नेपालले पनि बंगालदेशविरुद्ध पूरानै नजिता दोहो¥याउन कुनै कसर बाँकी राख्ने छैन । समूहको पहिलो खेलमा भुटानलाई ३–० ले पराजित गर्दै विजयी सुरुआत गरेको नेपालले एक खेल अगावै अन्तिम चारमा प्रवेश गरेकाले उच्च मनोबलका साथ मैदान उत्रिदै छ । 

अघिल्लो महिना भारतमा सम्पन्न हिरो गोल्डकपमा उपविजेता बन्दै घर फर्किएको नेपालले त्यहाँ भएका कमिकमजोरीलाई सुधार गर्नेछ । साफ च्याम्पियनसिपमा भारतले राख्दै आएको एकलौटी उपाधि हत्याउने लयलाई भंग गर्ने उद्देश्यमा नेपाली टोली स्तरीय खेल प्रदर्शनका लागि मैदान उत्रिनेछ । त्यसका लागि शनिबार बंगलादेशविरुद्ध हुने खेलमा नेपालका लागि सुखद् नजिता आवश्यक हुन्छ ।

विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा सम्भवत नेपालको भेट भारतसँग फाइनलमा हुनेछ । जुन खेलमा नेपाललाई घरेलु मैदानको फाइदा उठाउँदै भारतको उपाधि हत्याउने निरन्तरतालाई भंग गर्ने मौका पाउनेछ । शनिबार बंगलादेशविरुद्ध दुई खेलाडी परिवर्तन गर्दै आक्रामक रणनीतिका साथ मैदान उत्रिने नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बताए । विराटनगरको सहिद मैदानमा बंगलादेशविरुद्ध हुने खेलअघि शुक्रबार पत्रकारसँग कुरा गर्दै प्रशिक्षक खड्काले समूहको विजेता बन्नका लागि नेपाल पूर्णरूपमा तयार रहेको बताए । 

‘बंगलादेशविरुद्व जित निकाल्न आक्रामक रणनीति अपनाउनेछौं, ‘प्रशिक्षक खड्काले भने, ‘बंगलादेश पछिल्लो समय बलियो टोलीको रूपमा उदाउँदै आएको छ । साफ प्रतियोगितामा स्थापित टोली पनि हो । यसअघिका संस्करणमा फाइनल प्रवेश गरिसकेकाले नेपाल पनि स्थापित टोली हो । भारत सदाबहार टिम हो।’ 

प्रशिक्षक खड्काले विपक्षीको बलियो र कमजोर पक्ष पत्ता लगाइसकेको बताए । सोही क्रममा उनले नेपालको फरवार्ड लाइन दक्षिण एसियाकै उत्कृष्ट रहेको समेत दाबी गरे । साथै रक्षापंक्तिको परीक्षा भने बंगलादेशविरुद्धको हुने प्रशिक्षक खड्काको भनाइ छ । भुटानविरुद्ध तेस्रो गोल गर्दै नेपाललाई जित सुनिश्चित गराएकी नेपाली टिमकी कप्तान निरु थापाले बंगलादेशविरुद्व सुधारिएको प्रर्दशन गर्ने बताइन् । 

‘पहिलो सफलतापछि हामीमा हौसला बढेको छ । सबै खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै बलियो टोलीका रूपमा स्थापित गरेका छन्,’ कप्तान निरुले भनिन, ‘टिममा विशेष गरि हाम्रो रक्षापंत्ति र फरवार्ड लाइन बलियो छ । मिडफिल्डलाई सन्तुलित बनाउन प्रशिक्षकको निर्देशनलाई राम्रोसँग पालना गर्नेछौ । नतिजा अवस्य नेपालको पक्षमा आउनेछ ।’

सुरुआती तीन संस्करणमा फाइनल यात्रा तय गरेको नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा खुम्चिनुपर्दा २०१६ को संस्करणमा भने सेमिफाइनलबाट नै बाहिरिएको थियो । साबिकको उपविजेता बंगालदेश पनि ०१६ मा भारतसँग फाइनलमा खेपेको हारको बदला लिने  उद्देश्यलाई जीवितै राख्न घरेलु टोली नेपालविरुद्ध जितको खोजीमा मैदान उत्रिनेछ । 

यसपटक बंगलादेशले समूहको पहिलो खेलमा भुटानलाई २–० ले हराउँदै नेपालले जस्तै एक खेल अगावै अन्तिमा चारमा स्थान बनाएको थियो । तुलनात्मक हिसाबले कमजोर आंकलन गरिएको भुटानले बिहीबार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमा बंगालदेशलाई रोक्न सफल भएको थियो । दोस्रो हाफमा पनि लयलाई निरन्तरता दिन नसक्दा हार बेहोर्दै भुटान समूह चरणबाटै बाहिरियो । 

नेपालविरुद्ध आक्रामक खेल प्रस्तुत गर्ने बंगलादेश शनिबार हुने खेलमा सुखद नतिजा निकाल्दै जितको यात्रालाई निरन्तरता दिन चाहन्छ । यता, नेपालले पनि बंगालदेशविरुद्धको कुल पाँच भेटमा अपराजित नजिता दोहोर्याउन कुनै कसर बाँकी राख्ने छैन । 

प्रतिक्रिया दिनुहोस्