फेसबुक प्रेमी भेट्न जाँदा बलात्कृत 



सुर्खेतः फेसबुकमा चिनजानेकै भरमा भेट्न जाँदा एक किशोरी बलात्कारको सिकार भएकी छन् । फागुन २६ गते फेसबुककैमार्फत नै चिनजान भएका केटासँग भेट्न जाँदा जंगलमा लगेर उनीमाथि बलात्कार भएको छ । 

दिउँसो दुई बजे वीरेन्द्रनगर–९ स्थित कांक्रेबिहार जंगलमा घुमाउन लैजाने बाहानामा दुईजना किशोरले बलात्कार गरेको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ । वीरेन्द्रनगरमा कक्षा ७ मा पढ्दै गरेकी १५ वर्षिया किशोरी सामुहिक बलात्कारमा परेको पीडित परिवारले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।

बलात्कार आरोप लागेका दुई जनामध्ये एक जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका किशोर १६ वर्ष उमेरका भएकाले उनको नाम प्रहरीले खुलाएको छैन् । अर्का १९ वर्षिय सागर चौधरी फरार रहेका छन् । पक्राउ परेका किशोरले फेसबुकमार्फत प्रेम सम्बन्धमा परेको र घुम्न जाँदा जंगलमा सहमतिमै करणी भएको प्रहरीलाई बयान दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्