लागूऔषध सहित मकवानपुरका एक युवक प्रहरी नियन्त्रणमा



पर्सा : पर्सा प्रहरीले लागूऔषध सहित एकजना युवकलाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीले लागूऔषध ओनेरेक्स सहित मकवानपुर राक्सीराङ्ग गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय प्रदीप लामालाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए । पक्राउ परेका लामाले सिमावर्ती शहर भारतको रक्सौलबाट लागूऔषध ओनेरेक्स ६४ बोटल खरिद गरी ना २८ प ५४०३ नम्बरको स्कुटीको डिक्कीमा लुकाई छिपाई ल्याइरहेका थिए । 

प्रतिक्रिया दिनुहोस्