इजरेली प्रधानमन्त्री नेतन्याहू निरंकुश र बालबालिकाका हत्यारा : टर्कीका राष्ट्रपति एर्दोगान



इस्तानबुल : टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले बुधबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू निरंकुश शासक र प्यालेस्टिनी बालबालिकाको सामूहिक हत्यारा भएको आरोप लगाएका छन्। 

केही दिनयता इजरायली प्रधानमन्त्री नेतन्याहू र टर्कीका राष्ट्रपति एर्दोगानबीच आरोप प्रत्यारोप चलिरहेको छ। एर्दोगानले इस्तान्बुलमा एउटा र्‍यालीमा सम्बोधन गर्दै भने, ‘नेतन्याहू, तिमी निरंकुश हौ किनभने तिमीले ७ वर्षका कलिला बालबालिकाको सामूहिक हत्या गरेका छौ।’

इजरायली प्रधानमन्त्री नेतन्याहूले एर्दोगानलाई ‘तानाशाह’ भनेका थिए। टर्की र इजरायलबीच केही महिनायता सम्बन्ध बिग्रँदै गएको छ। एर्दोगानले नेतन्याहूलाई प्यालेस्टिनी समस्याको कारक भएको आरोप लगाइरहेका छन्।  उनी नेतन्याहू सरकारले लिएको नीतिको कडा आलोचना गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्