४० विद्यालयलाई स्टेशनरी सामाग्री सहयोग



म्याग्दी : दुई गैरसरकारी संस्थाले म्याग्दी र मुस्ताङ जिल्लाका ४० ओटा आधारभूत विद्यालयलाई स्टेशनरी सामाग्री सहयोग गरेका छन् । ‘हाम्रो माया नेपाल जर्मन’ र ‘स्वम् सेवा नेपाल’ले उक्त सहयोग गरेका हुन् । 

विहीवार म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानामा आयोजित संस्थाका प्रतिनिधि नाविङ कुरुसले दुई जिल्लाका ४० वटा सामुदायिक विद्यालयमा २० लाख मूल्यका स्टेशनरी सामाग्री वितरण गरिएको जानकारी दिए ।   

सोही कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका ८ विद्यालयमा अध्ययनरत करिब २ हजार विद्यार्थीहरुलाई झोला सहित स्टेशनरी सामाग्री वितरण गरिएको सहयोगी संस्थाका विशाल गुरुङले जानकारी दिए । 

अन्नपूर्ण गाउँपालिका वडा नं. ३ का अध्यक्ष नरशिंहबहादुर पुर्जाले दुर्गम ठाउँका विपन्न परिवारका बालबालिकाले पाएको सामाग्रीले उनीहरुको पढाइमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

 

प्रतिक्रिया दिनुहोस्