ट्रयाक्टरको पांग्रा फुत्किएर लाग्दा इन्जिनियरको मृत्यु



वीरगज : पोखरिया सडकखण्डको विन्देबासिनीमा ट्रयाक्टरको पांग्रा फुत्किएर मोटरसाइकललाई लाग्दा मोटरसाइकल चालक एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिकाका इन्जिनियर दीपेन्द्र गुरुङ हुन्। वीरगन्जबाट गर्दौल आउँदै गरेको ना३त ३६९३ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आइरहेको ना१ब २६२६ नम्बरको सरकारी मोटरसाइकलाई ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते भएका गुरुङलाई उपचाररार्थ वीरगन्जको एल एस न्युरो अस्पताल लगिएको थियो।

उपचारका क्रममा गएराति १ बजे गुरुङको निधन भएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ। गुरुङ मकवानपुर हेटौंडानिवासी हुन्। उनी करार सेवामा गाउँपालिकामा कार्यरत थिए। गाउँपालिकाको काम सकेर आउने क्रममा ट्रयाक्टरको पाङ्ग्रा फुत्किएर गुरुङलाई ठक्कर दिएको थियो।

ट्रयाक्टर चालक फरार छन् भने ट्याक्टरलाई इलाका प्रहरी कार्यालय पोखरियाले आफ्नो नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक नवराज कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्