दाउफिन्स एफसी माइभ्याली गोल्डकपको अन्तिम चारमा



इलाम : पाहुना टिम क्यामरुनको दाउफिन्स एफसी इलाममा जारी पाँचौं संस्करणको माइभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सदरमुकामको ठूलो टुँडिखेलमा बिहीबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा विभागिय टिम सशस्त्र प्रहरी बलको (एपिएफ) लाई ३–१ ले पराजित गर्दै दाउफिन्सले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

दाउफिन्सको जितमा पेटन्गाले २ तथा मिसोभकेले एक गोल गरे । पराजित एपिएफका हरि कार्कीले एक गोल फर्काए । एफिएफका आधा दर्जनभन्दा बढी प्रहार विपक्षीको गोल पोस्टनजिकैबाट बाहिरिए । खेलको म्यान अफ दि म्याच विजयी टिमका पेटन्गा घोषित भए । दाउफिन्सले आउँदो चैत २ गते नेपाल पुलिस क्लबसँग पहिलो समेमिफाइनल खेल खेल्नेछ ।

प्रतियोगितामा शुक्रबार झापाको मेची नेत्रालय र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच अन्तिम क्वाटरफाइनल खेल्ने हुनेछ । चैत ५ सम्म चल्ने प्रतियोगिताको विजेताले ७ लाखसहितको ‘मेयर्स कप’ र उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्