दोस्रो ‘बर्दिबास महोत्सव’ हुने  



जनकपुरधाम : महोत्तरीको बर्दिबासमा दोस्रो ‘बर्दिबास महोत्सव’ हुने भएको छ । आयोजनकले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी कृषि पर्यटन उद्योग र व्यापारलाई लक्षित गरी आउँदो चैत्र ८ देखि १८ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

महोत्सव बर्दिबास उद्योग बाणिज्य संघको आयोजनामा हुने छ । महोत्सवमा धार्मिक, सांस्कृतिक, पर्यटन र कृषिका महत्वपुर्ण स्टल रहने छन् । महोत्सवले प्रदेश नं–२ कै आन्तरिक तथा बाह्य पर्यटन वृद्धि हुने बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष प्रल्हाद क्षेत्रीले बताए ।

१ सय ५० स्टल रहने महोत्सवमा दैनिक उपभोग्य समानदेखि लिएर लत्ता कपडा, जुत्ता, कृषि तथा हस्तकलाका समान, भाँडाकुडा एकै ठाउमा सर्वसुलभ तरिकाले पाइने छ । त्यस्तै अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल र इलेक्ट्रोनिक्स सामानहरू बिक्रीमा राखिने बताइएको छ । करिब ७० हजार उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्