धोखा दिएको गुनासो चिर्न सिके राउतले बोलाए परिषद बैठक



जनकपुरधाम : छुट्टै मधेश राष्ट्रको अभियान त्यागेर सरकारसंगको सहमति पश्चात् तराई मधेशमा उत्पन्न अवस्थालाई चिर्न डा. सिके राउतले राष्ट्रिय परिषदको बैठक बोलाएका छन् ।

स्वतन्त्र मधेश गठबन्धनका संयोजक समेत रहेका डा. राउतले मधेशी जनतालाई धोखा दिएको आरोपको सामना र निकास बारे राष्ट्रिय परिषदको बैठक आगामी चैत ४ र ५ गतेकालागि बोलाइएकोे छ ।

बैठकमा सरकारसँग भएको सम्झौता उपर छलफल हुने नाम उल्लेख नगर्ने शर्तमा गठबन्धनका एक नेताले बताए् । बैठकमा गठबन्धनको केन्द्रीय तदर्थ समितिसहित तराईका २०–२२ वटा जिल्ला संगठन संयोजक लगायत हरेक जिल्लाबाट ४–५ जनालाई सहभागी गराइने उनले बताए ।

सहमति पश्चात जनकपुर आफ्नो निजी निवासमा आएदेखि डा. राउत राज्यको विशेष निगरानीमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्