images

हतियार बुझाउन विप्लवलाई सरकारको ३५ दिने अल्टिमेटम

द नेपालटप | प्रकाशित: २०७५-११-३० गते
हतियार बुझाउन विप्लवलाई सरकारको ३५ दिने अल्टिमेटम

काठमाडौं : सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन अल्टिमेटम दिएको छ । बिहीबार मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको स्पष्ट गरे । विप्लव समूहले आपराधिक र हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उसका त्यस्ता गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने, ‘यसका लागि रातो कार्पेट ओछ्याएरै बिन्ती गर्छौँ तर उहाँहरूको अडान हेर्दा त्यस्तो देखिएन र सरकार यो निर्णयमा पुगेको हो ।” उनले वार्ताका लागि पटक पटक तयार भए पनि वार्तामा नआएको सो समूहका गतिविधिलाई सरकारले सूक्ष्मरुपमा अध्ययन गरी त्यसका आधारमा पार्टीलाई नभई समूहका हिंसात्मक र सङ्गठित प्रकारका आपराधिक र संविधानविरीतका गतिविधिलाई प्रतिबन्ध लगाइएको स्पष्ट पारे ।

प्रमुख प्रतिपक्षी दलले पनि सरकारको यो निर्णयलाई स्वागत गरिसकेका अवस्थामा सत्तारुढ पार्टीभित्र यसबारे छलफल भएको र थप छलफल हुने पनि जानकारी दिए । विप्लव समूहले आज नेपाल बन्द आह्वान गरेको थियो । एक प्रश्नको जवाफमा मन्त्री बाँस्कोटाले सरकार र चन्द्रकान्त (सीके) राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग गरिएको सहमतिमा उल्लिखित जनअभिमतको विधि प्रयोग गरिने भनिनुको अर्थ निर्वाचनबाट जनताले अभिव्यक्त गर्ने मत भएको जनाए । उनले भने, “सिके राउत मूलधारमा आउनुभयो । सरकारले स्वागत गर्याे । भोली विप्लव समूह पनि आएमा सरकारले स्वागत गर्छ ।”

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

नेपालमा शान्ति चाहिन्छ कि चाहिँदैन ? : प्रधानमन्त्री ओली

नेपालमा शान्ति चाहिन्छ कि चाहिँदैन ? : प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको..

प्रदेश २ मा समानान्तर सिडियो राख्न प्रदेशसभामा विधेयक दर्ता

प्रदेश २ मा समानान्तर सिडियो राख्न प्रदेशसभामा विधेयक दर्ता

जनकपुरधाम : प्रदेश २ सरकारले प्रदेशका सबै जिल्लामा सिडिओको समानान्तर ‘प्रदेश प्रशासन अधिकारी’ राख्..

१० अर्ब ५४ करोडको कोरियाली लगानी स्वीकृत

१० अर्ब ५४ करोडको कोरियाली लगानी स्वीकृत

काठमाडौं : लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले पेश गरेको सवारी साधन उत्पादनसम्बन्धी &lsqu..

‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ राउतसँग सम्झौताको मोडालिटी के ?

‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ राउतसँग सम्झौताको मोडालिटी के ?

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देव सरकार र सिके राउतबी..

ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते

ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते

जनकपुरधामः मिथिला माध्यमिकी परिक्रमा मेलामा बेलुनमा हावा भर्ने ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना घाइते..

जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रहः ‘इमान बचाएर काम गर्नुहोस्’

जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रहः ‘इमान बचाएर काम गर्नुहोस्’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिलाई इमान बचाएर काम गर्न आग्रह गरेका छन्। नेपाल नगरपालिका..