फेसबुक र इन्स्टाग्राम किन भयो अवरुद्ध ?



एजेन्सी : विश्वको सबै भन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया साइट फेसबुक र फोटो सेयरिङ एप इन्स्टाग्राम विश्वको धेरै भागमा आज एक्कासि अवरुद्ध भएको छ ।

यसले मानिसहरुले फेसबुक र इन्स्टाग्रामको आफ्नो अकाउन्टमा लगइन गर्न नसकेको गुनासो पनि गरेका छन् । धेरै प्रयोगकर्ताको फेसबुक अकाउन्टमा लगइन गर्दा ‘फेसबुक युइल बि ब्याक सुन’ भन्ने मेसेज देखिएको छ ।

फेसबुकले यसकोे आवश्यक मर्मतका लागि फेसबुकको सर्भर तत्कालका लागि डाउन भएको र छिट्टै नै त्यसलाई ठीक पारिने जनाएको छ । लगइन भएता पनि कतिपयले फेसबुकमा लाइक तथा कमेन्ट गर्न नसकेको गुनासो समेत गरेका छन् ।

यसका साथै इन्स्टाग्राममा फोटो अपलोड गर्नमा पनि समस्या भएको छ । फेसबुक डाउन भए पछि  धेरै प्रयोग कर्ताले ट्वीटरमा यसको गुनासो गरिरहेका छन् । फेसबुकमा देखिएको समस्याको स्क्रिनसट गरेर ट्वीटरमा अपलोड गर्ने लहर नै चलेको छ ।

फेसबुकको समस्या वेब र एप दुवै भर्सनमा देखिएको छ । फेसबुकले केही मिनेटमा नै यो समस्या समाधान हुने दाबी गरेको भए पनि धेरै प्रयोगकर्ताले अहिले सम्मै समस्या जारी रहेको गुनासो गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्