जिल्ला प्रहरी कार्यलय नवलपुर नजिकै विस्फोट



कावासोति : नवलपरासीबर्दघाट सुस्ता पुर्वको सदमुकाम कावासोतीमा विस्फोट भएको छ । पुर्ब पश्चिम राजमार्ग अन्तरगत डिभिजन बन कार्यलय कावासोति  अगाडि करीब साढे ११ बजे विस्फोट भएको प्रहरीले जनाएको छ ।

बिस्फोटको आवाज ठुलो भएपनि  बम हो या होइन भन्ने विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।

तर विस्फोटपछि बारुदको गन्ध आएकाले सकेट बम हुन सक्ने अनुमान गरिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए  ।

विस्फोट पछि सुरक्षा सतर्कता थप बलियो बनाईएको छ । विस्फोट भएको स्थान  जिल्ला प्रहरी कार्यलय नवलपुरदेखि  करिब १०० मिटरको दुरिमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्